यु-१८ महिला साफ च्याम्पियनशिपः आज नेपाल र बंगलादेश खेल्दै

काठमाण्डौ, ९ चैत । १८ वर्ष मुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा आज नेपाल र बंगलादेश बीच हुँदैछ । भारतको जमसेदपुरमा नेपालले आज अन्तिम खेल खेल्न लागेको हो ।

खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ । च्याम्पियनशिपको पहिलो खेलमा नेपाल भारतसँग ७–०, दोस्रो खेलमा बंगलादेशसँग ४–२ र तेस्रो खेलमा भारतसँग ५–१ गोलले पराजित भएको थियो । नेपाल, भारत र बंगलादेश सहभागी च्याम्पियनशिपमा नेपालले अंक जोड्न सकेको छैन । तीन खेल खेलेको नेपाल पुछारमा छ । ९ अंकसहित भारत शीर्ष र तीन अंकसहित बंगलादेश दोस्रो स्थानमा छ । डबल राउण्ड रोबिनको आधारमा चलिरहेको च्याम्पियनशिपमा शीर्ष टोलीले उपाधि जित्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति