बिक्रम र दीपीकाकाे अनौठो माया


काठमाडौं, ०९ चैत्र । ‘अनौठो माया’ बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको छ । चैत्र १८ गते प्रदर्शन हुने फिल्म ‘हेल्लो जिन्दगी’ मा समाबेश यस गीतमा एड्रिन प्रधान र रजिना रिमालको स्वर रहेको छ ।

गीतमा अभिनेता बिक्रम डि जोशी र दीपीका प्रसाईं फिचर छन् । निर्देशक बोहराकै शब्द र अमित श्रेष्ठको संगीत रहेको गीतको कोरियोग्राफी बलिउडका कोरियोग्राफर बिष्णु देवाले गरेका हुन् । कार्यक्रममा फिल्मकी कार्यकारी निर्मात्री सृजना जोशी महर्जनले ‘हेल्लो जिन्दगी’ सत्य घटनाहरुबाट प्रभावीत भइ निर्माण गरिएकाले दर्शकको मन जित्ने बिश्वास लिएको बताइन् । अभिनेता बिक्रमले आफूहरुले गुणस्तरिय फिल्म निर्माणमा कुनै कन्जुस्याइँ नगरेको बताए । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् । सुदीप कुँवर र मार्लाेभ ढुंगाना मुख्य सहायक निर्देशक रहेको फिल्मको कथा निर्देशक बोहरा र बिक्रम डि जोशीको हो भने पटकथा,सम्वाद निर्देशक बोहरासहित अभिमन्यु निरवीले तयार पारेका हुन् । पुरुषोत्तम प्रधानले खिचेका फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board