सुनकाे मुल्य एक हजार एक सयले घट्यो

काठमाण्डौ, ९ चैत । सुनको भाउ आज तोलामा एक हजार एक सयले घटेको छ । हिजो तोलाको एक लाख तीन सयमा कारोबार भएको सुन आज घटेर तोलाको ९९ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको १३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर तोलाको १३ सय ७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति