काेराेना अपडेटः ४४ मा संक्रमण पुष्टि, एकको ज्यान गयो

काठमाण्डौ, ८ चैत । नेपालमा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी ६ हजार पाँच ९४ जनाको नमुना परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै २४ घण्टामा चार सय ८१ जना निको भएसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ६ सय ८८ जनामा झरेको छ । यही अवधिमा एक जना सङ्क्रमितको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । केही दिनयता कोरोनाबाट हुने मृत्यु शून्यमा झरेकोमा आज एक जनाको ज्यान गएको हो । यस्तै २४ घण्टामा ७३ हजार ६ सय ४२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति