प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस

विराटनगर, ८ चैत । प्रदेश नं १ का प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

आयोगका सदस्यसचिव विपीनराज निरौलाले आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन आज प्रदेश प्रमुखसमक्ष पेस गरेकाे हो । आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रमुख खापुङले सरकारलाई बाटो देखाउन आयोगले राम्रो काम गरेको बताएका छन् । उनले सीमित साधन र स्रोतको बाबजुद पनि आयोगको मेहनत सराहनीय छ भन्दै प्रतिवेदनले देखाएको बाटो कार्यान्वयन गर्न सके बेरुजु कम हुने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति