काठमाडौंमा एनआरएनएको विश्व सम्मेलन आजबाट सुरु

काठमाडौं, ८ चैत्र । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं विश्व सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । होटल याक एण्ड एतीमा सम्मेलन आयोजना गरिएको छ । कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, बैंकर्स संघका पूर्वअध्यक्ष अनिल केशरी शाह लगायत उपस्थित छन् ।

अध्यक्ष कुमार पन्तले समयमा महाधिवेशन गराउन नसकेपछि संरक्षक शेष घलेले वर्तमान कार्यसमिति विघटन गरी उपाध्यक्षको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेका थिए । त्यसप्रति असन्तुष्ट पन्त पक्षधरले छुट्टै निर्वाचनको तयारी गरे पनि अदालतले त्यसलाई रोक्न आदेश दिएको छ ।

पन्त पक्षधरले कुल आचार्य र बद्री केसीलाई आधा–आधा कार्यकाल अध्यक्ष बनाउन प्रस्ताव गरे पनि संरक्षक घलेले आफूलाई यस विषयमा जानकारी नभएको बताए । धेरै देशहरुबाट प्रतिनिधि आइसकेको भन्दै उनले निर्वाचनको काम अघि बढ्ने बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति