खल्तीबाट बैंक ट्रान्सफर निशुल्क

काठमाडाै, ७ चैत । खल्ती डिजिटल वालेट ले निस्शुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ।

यो अफर प्रयोगकर्ताहरूका लागि बैंक ट्रान्सफर प्रक्रियालाई सरल र सजिलो प्रक्रिया बनाउन खल्तीको प्रयास रहेकाे बताएका छन् । ‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम ५० हजार र प्रति दिन एक लाख रहेको छ । सजिलैसँग यो रकम निस्शुल्क कुनै पनि बैंकहरूमा ट्रान्सफर गर्न सक्ने यो अफर चैत्र ७ गते २०७९ देखि बैशाख ६, २०७९ गते सम्म लागु हुनेछ। खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “खल्ती सधैं प्रयोगकर्ताहरूको लागि सुविधा सहज र प्रभावकारी बनाउनमा विश्वास गर्दछ र यो अभियानले डिजिटल फन्ड ट्रान्सफर र प्रयोगकर्ताहरूको बचत गर्ने बानीलाई बढावा दिने अपेक्षा गरिएको छ।” खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६० हजार सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति