काठमाडौं, ७ चैत । एक सय ३३ यात्रु बोकेको चाइना इस्टर्न बोइङ ७३७ जहाज दक्षिणी चीनको ग्वाङ्जी जुहाङ प्रान्तको पहाडमा ठोक्किएर दुर्घटना भएको जनाएको छ ।
दुर्घटनापछि विमानमा आगलागी भएको छ । दुर्घटनामा अहिलेसम्म कति जनाको मृत्यु भयो भन्ने खुलेको छैन । कुन्मिङ चान्सुई विमानस्थलबाट छुटेको उक्त विमान दक्षिणी चीनको युनान प्रान्तमा १ः१५ मा र ग्वाङ्झाउ प्रान्तमा ३ः०७ मा अवतरण हुने तालिका रहेकाे थियो । सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा दुर्घटनालगत्तै आगो लागेको देखिएकाे छ । दुर्घटनास्थलमा उद्दारकर्ता खटाइएको बताइएकाे छ ।
प्रतिक्रिया