विमानस्थलबाट मलद्वारमा सुन लुकाएर ल्याउने एक भारतीय पक्राउ

काठमाण्डौ, ७ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा धेरै सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

हिजो आइतवार नेपाल एअरलाइन्सको जहाजमा दुबईबाट काठमाण्डौ आएका भारतीय नागरिक शुभम् मेहरालाई एक किलो दुई सय ६८ ग्राम सुनसहित विमानस्थलको गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले सुनलाई दुई वटा प्लास्टिकमा राखेर पोको बनाइ मलद्वारमा लुकाएर ल्याएका प्रहरीले जानकारी दिएको छ । बरामद सुनको अन्दाजी मूल्य एक करोड आठ लाख ४९ हजार चार सय रुपैयाँ रहेको छ । पक्राउ परेका मेहरालाई प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा उपस्थित गराएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति