निर्वाचन सार्ने मनसाय छैन, समयमै हुन्छ : प्रधानमन्त्री देउवा

मोरङ, ७ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन सार्ने सरकारको कुनै मनसाय नभएकोले समयमा नै हुने प्रतिबद्धता जनाएका छन् ।

सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा सोमबार उनले निर्वाचन गराउने काम निर्वाचन आयोगको भएको र आयोगले निर्वाचन गराउन लागि परेकाले सरकारले पूरा सहयोग गर्ने बताए ।

प्रधानमन्त्री देउवा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास गर्नका लागि आए पनि शिलान्यास नगरी गएकोप्रति स्थानीयले असन्तुष्टि व्यक्त गरे ।नेपाल सरकारले उपलब्ध गराएको ४ विघा ८ कठ्ठा जग्गामा सुन्दरहरैँचा नगरपालिकाले २७ करोड लागतमा प्रशासनिक भवन निर्माण सुरु गरेको छ ।

प्रधानमन्त्री देउवाले सुन्दरहरैँचा नगरपालिकाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने आश्वासन दिए ।लेटाङ नगरपालिकामा प्रहरी जवानको हत्या भएको घटनामा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने उनले बताए ।

यसैबीच, प्रधानमन्त्री देउवाले सुन्दरहरैँचामा ३५ शय्याको नगर अस्पताल उद्घाटन गरेका छन् ।सुन्दरहरैँचा नगरपालिकाले १५ कठ्ठा क्षेत्रफलमा ३५ करोडको लागतमा निर्माण गरेको नगर अस्पताल प्रधानमन्त्री देउवाले उद्घाटन गरेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति