भारतको बिहारमा मदिरा सेवन गरेका ३२ जनाको मृत्यु

काठमाडौं, चैत्र ७ । भारतको पूर्वी राज्य बिहारमा मदिरा सेवन गरेर होली मनाएकामध्ये कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार होली मनाउने क्रममा विषालु मदिरा सेवन गरेकामध्ये विहारका विभिन्न जिल्लामा ३२ जनाको ज्यान गएको हो।

मृत्यु हुनेमा भागलपुरका १६, बाँकाका १२, मधेपुराका ३, नालंदका १ जना छन्।विषाधियुक्त मदिरा सेवनबाट दर्जनौं व्यक्ति बिरामी भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ।अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवनका कारण भागलपुरमा २, बाँकामा ६ र मधेपुरामा दर्जनबढी व्यक्ति गम्भीर बिरामी भएका छन्। बिहारमा सन् २०१६ देखि अनाधिकारिक रूपमा उत्पादन हुने रक्सीको बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

रक्सी खाएर मृत्यु भएको भनिएका उनीहरूको पोष्टमोर्टम रिपोर्ट आउन अझै बाँकी रहेकोले अहिल्यै मृत्युको वास्तविक कारण पुष्टि गर्न हतार गर्नु गलत हुने प्रहरीले बताएको छ। घरायासी रूपमा बनाइने सस्तो मदिरा पिउँदा मदिरामा हुने बिषाक्त तत्वका कारण मृत्यु हुने गरेको स्थानीयको भनाई छ।

यसैबीच घटनाको विरोधमा स्थानीयले प्रदर्शन गरेका छन्। उनीहरूले प्रहरी र व्यवसायीबीचको मिलेमतोमा घटना भएको भन्दै आक्रोश पोखेका छन्।

उनीहरूले बिहिबार राती होली मनाउने क्रममा विषाधियुक्त मदिरा सेवन गरेका थिए। मदिरा सेवनपछि बिरामी परेपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति