थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ४ चैत । पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५९१४ जनामा गरिएको नमूना परीक्षणमा ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयावधिमा ३९२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने यसअवधिमा कसैको मृत्यु भएको छैन ।

मन्त्रालयका अनुसार अहिले देशभर ३९९६ जना सक्रिय संक्रमित रहेका छन् भने २९३९० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board