भाेली एबीसी न्यूज हाेली स्पेशल प्रत्यक्ष प्रसारण हुने

काठमाडाै, २ चैत । होली पर्व खासगरी हिन्दुहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने प्रमुख चाड हो । एबीसी न्यूज टेलिभिजनकाे आयाेजनामा गरिने हाेली स्पेशल कार्यक्रमकाे प्रत्यक्ष प्रसारण हुने भएकाे छ । साखः स्टिल प्रिजेन्स हाेली स्पेशल पावरड बाइ टुवाेर्क कार्यक्रम टेम्पल ट्र, हात्तीसार काठमाडाैमा २०७८ चैत ३ गते बिहान ११ बजेबाट सुरू गरिनेछ । यस कार्यत्रमकाे स्पाेन्सरहरू आई एम इ, फाेन पे, सानिमा जेनरल इन्साेरेन्स, रन, लगायतका रहेका छन् ।

यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित एक अदित्तिय सम्बन्ध स्थापित गर्दछन् । होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति