‘एउटै विषयवस्तुलाई समान तरिकाले प्रस्तुत गर्नुपर्छ’-अध्यक्ष ओली

काठमाडौँ, २ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मिडियाले एउटै विषयवस्तुलाई फरक फरकरुपमा बुझ्ने गरी पस्कन नहुने बताएको छ ।

प्रेस चौतारी नेपालको नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै उनले जुनसुकै व्यक्ति र पार्टी सरकारमा हुँदा पनि समानरुपमा हेर्नुपर्नेमा त्यो हुन नसकिरहेको औँल्याए । मिडियाले एमालेले सरकारको नेतृत्व गर्दा उठाएका विषयलाई अहिले बेवास्ता गरेको अध्यक्ष ओलीको भनाइ थियो । उनले भने, “मिडियाले सत्य स्थापित गर्न लाग्न आवश्यक छ ।” न्यायालय निष्पक्ष बन्न नसकेको विभिन्न घटना क्रमले पुष्टि गरेको अध्यक्ष ओलीको आरोप थियो । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सङ्गठनको गत फागुन २७ र २८ गते पोखरामा सम्पन्न महाधिवेशनले सकेसम्म समावेशी नेतृत्व चयनको प्रयास गरेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति