“नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा सार्वजनिक

काठमाडाै, २ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ ।

कम्पनीले समय सापेक्ष ग्राहकहरुको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना यहाँहरु माझ प्रस्तुत गरेको हो । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक तथा आजिवन जीवन बीमा हो । मानव जीवन अनमोल छ तर आजको समयमा प्रत्येक व्यक्तिको अनमोल जीवनका हर पलहरु जोखिम नै जोखिमले भरिएको कुरालाई नकार्न सकिदैंन । यस्तो जोखिम मानिसको जीवनमा बाचुन्जेल चलिनै रहन्छ । तसर्थ मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न कम्पनिले सावधिक र आजिवनको विशेषता भएको “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना बजारमा ल्याएको हो । बीमा अवधि समाप्ती पश्चात पनि जोखिम वहन गर्नुको साथै कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बीमितले चाहेको समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य भुक्तानी लिन सक्नु यो जीवन बीमा योजनाको अर्को विशेषता हो ।

अन्य विशेषताहरुमा १८ वर्षदेखि ६५ वर्षसम्म उमेर समुहका व्यक्तिले न्यूनतम ५ वर्षदेखि अधिकतम ५० वर्र्षसम्म अवधिको यो बीमा योजना लिन सक्नेछन् । बीमा समाप्तिमा अधिकतम उमेर ७० वर्ष रहेको छ भने न्यूनतम रू. २५,०००र–(पच्चिस हजार) देखि आयश्रोतको आधारमा जति पनि बीमाङ्क रकमको बीमा गर्न सकिनेछ । बीमा शुल्क भुक्तानी तरिका छनोटको छुट वा थप शुल्क लाग्नेछ । यदि बीमालेख जारी गर्ने समयमा वार्षिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बीमा शुल्कमा १% छुट प्राप्त हुनेछ तर अर्ध वार्षिक छनोट गर्दा छुट प्राप्त हुने छैन । त्यसैगरी यदि बीमालेख जारी गर्ने समयमा त्रैमासिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बीमा शुल्कमा ३% थप लाग्नेछ भने मासिक छनोट गर्दा ६% थप लाग्ने बताएकाे छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति