कम्युनिष्ट पार्टीका नेताहरूले एमसिसीबारे भ्रम छरेको भन्दै एमसिसीका भ्रम चिर्न कांग्रेसले छाप्यो पुस्तिका

काठमाडौं, २ चैत्र । फागुन २९ गतेदेखि सुरू घरघर जाऔं कांग्रेस जिताऔ अभियानका क्रममास् गाउँ(गाउँ पुगेका केन्द्रीय प्रतिनिधिले ४६ पृष्ठको एमसिसी अनुदान सहायता सम्झौतास् भ्रम र यथार्थु नामको पुस्तिका पनि लगेका छन्।कांग्रेस केन्द्रीय कार्यालयले एमसिसीबारे जनतामा भ्रम रहेकोले यथार्थ बुझाउन भन्दै पुस्तिका नै छापेको थियो।


कांग्रेसका नेताहरूले गाउँ तथा टोल र घरदैलोका क्रममास् उक्त पुस्तिका वितरण गरेका छन्। साथै नेताहरूले एमसिसीबारे अनावश्यक भ्रम छरेकोमा अरू पार्टीका नेताहरूको आलोचनासमेत गर्छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले नै नुवाकोटमा आयोजित कार्यक्रममा एमसिसीबारे नेकपा एमालेका नेता भीम रावलले भ्रम छरेको आरोप लगाएका थिए। उक्त आरोपमा रावलले सत्यता नभएको पनि टिप्पणी गरेका थिए।कांग्रेसले छापेको एमसिसीबारेको पुस्तिकामा कुन सरकारका पालामा एमसिसीबारे के निर्णय गरिएका थिए भन्नेबारे मिति, प्रधानमन्त्री, मन्त्रीहरूलगायतको विवरणसमेत समावेश छ।कम्युनिष्ट पार्टीका नेताहरूले एमसिसीबारे भ्रम छरेकोले उक्त भ्रम चिर्न पुस्तक छाप्नुपरेको कांग्रेसले घरदैलो अभियान सञ्चालन गर्नुपूर्व पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बताएको थियो। एमसिसी परियोजनाबारे जानकारी दिने पुस्तिका गाउँ–गाउँ पठाइएको कांग्रेसले जनाएको छ। कांग्रेससहित सत्तारूढ गठबन्धनले एमसिसी प्रतिनिधि सभाबाट अनुमोदन गरिसकेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति