३९ बिगाहा जग्गामा लगाइएको अफिम खेती नष्ट

१ चैत, काठमाडौं । मकवानपुरको विभिन्न स्थानमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ ।​ राक्सिराङ गाउँपालिका–४ अन्तर्गत राक्सिराङ, मान्छामुन्टी, जैसिङटार, मानछाप, छापडाँडा र सोही गाउँपालिका–५ अन्तर्गत बमकिङ, लाफर लगायतको क्षेत्रमा २८ बिगाहमा लगाइएको अफिम खेती सोमबार प्रहरीले नष्ट गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले उक्त खेती नष्ट गरेको हो ।

यसैगरी मकवानपुरको बकैया गाउँपालिका–६ ज्यामिरे, मोरङगेढाप लगायतको क्षेत्रमा ११ बिगाह जग्गामा लगाइएको अफिम खेती आइतबार प्रहरीले नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले उक्त खेती नष्ट गरेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति