किशोरी बलात्कार गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ

१ चैत, काठमाडौं । भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

ती किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यपुर ठिमी नगरपालिका–६ पुरानो ठिमी बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–२ घर भएका २८ वर्षीय प्रदिप मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई सोमबार साँझ पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board