काठमाडौंसहित विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

काठमाडौं १ चैत। काठमाडौंसहित विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौंको थापाथलीस्थित सन्यासी अखडाको टहरामा नुवाकोट त्रिशुली घर बताउने करिब ८५ वर्षीय शिवराम गिरी मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौंकै बालाजु माछापोखरीस्थित चौरमा हाल सनाखत नभएका करिब ३२ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । यसैगरी खोटाङको दिप्रुङचुईचुम्मा गाउँपालिका–६ दिउँ बस्ने ३८ वर्षीय सन्तोष भन्ने जसधन तामाङ सोही गाउँपालिका–५ स्थित खोष्टुङ खोलाको छिपछिप पानीमा मृत अवस्थामा फेला परेका छन् । फागुन २६ गतेदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त खोलामा शव फेला परेको हो ।

यसैगरी जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीस्थित जयकृष्ण पोल्टी सप्लायर्समा काम गर्ने भेरी नगरपालिका–१ कालेगाउँ बस्ने २७ वर्षीय भीम बहादुर बुढाथोकी सोही ठाउँस्थित बाटोको छेउमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board