ब‍ी डिभिजन लिगमा सरस्वतीको तेस्रो जित

काठमाडौं १ चैत । सहिद स्मारक बी डिभिजन लिगमा सरस्वती यूथ क्लबले तेस्रो जित निकालेको छ ।

ललितपुरको एन्फा कम्प्लेक्समा आज (मंगलबार) बिहान भएको खेलमा सरस्वतीले मध्यपुर यूथ एसोसिएसनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

सरस्वतीको जितमा कुमार बल र सनम धिमाल समान १–१ गोल गरे । मध्यपुरको लागि सजीन थापा मगरले १ गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति