इसेवाबाट खानेपानीको शुल्क भुक्तानी गर्न सकिने

१ चैत, काठमाडौं । काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को खानेपानी महशुल इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ । खानेपानी सम्झौतामा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र केयुएलका तर्फबाट कामु उप–कार्यकारी अधिकृत विजय तिमिल्सिनाले हस्ताक्षर गरेका हुन् ।

यो सँगै इसेवा मार्फत केयुकेएलका ठिमी,भक्तपुर,त्रिपुरेश्वर,क्षेत्रपाटी,कीर्तिपुर,वानेश्वर,महांकालचौर,ललितपुर,महाराजगं शाखाका ग्राहकले इसेवाबाटै महशुल भुक्तानी गर्न सक्छन् । यसले आम खानेपानी ग्राहकको ठुलो हिस्सालाई सहज बनाउने अपेक्षा गरिएको छ । हाल देशभर रहेका सयौँ खानेपानी समितिहरुको खानेपानी महशुल समेत इसेवाबाट भुक्तानी गर्न सकिन्छ । इसेवा प्रयोगकर्ताले मोबाइलबाट र अनलाइनबाट शुल्क भुक्तानी गर्न सकिन्छ । साथै, इसेवा एकाउन्ट नभएका ग्राहकले आफ्नो नजिकै रहेका जोन तथा पोइन्टमार्फत रकम भुक्तानी गर्न सक्छन् ।

इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board