मोहन वैद्यको माओवादीले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने

काठमाडौं, १ चैत्र । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ। उउक्त पार्टीको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो।

पार्टीका महासचिव मोहन वैद्य किरणले जारी गरेको प्रेस वक्तव्यमा आसन्न स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने निर्णय गरिएको उल्लेख छ।पार्टीले जारी गरेको वक्तव्यमा ‘अहिले संसदमा राष्ट्रघाती एमसीसी अनुमोदन गर्ने काममा गठबन्धन सरकारका नेपाली काग्रेंस सहित कम्युनिष्ट नामधारी माके, एकीकृत समाजवादी दलहरुद्वारा अमेरिकी साम्राज्यवादको चरम दलाली तथा राष्ट्रिय गद्दारी गरिएको स्थितिमा तिनको अझै भण्डाफोर गर्न अति जरुरी भएको, निर्वाचन उपयोगको प्रश्न हरेक दृष्टिले सार्थक बन्ने सम्भावना नरहेको र पार्टीको क्रान्तिकारी छबि उपयोग होइन, बहिष्कारद्वारा नै समुज्ज्वल हुने देखिएकाले स्थानीय निर्वाचनको बहिष्कार गर्ने नीति अवलम्बन गरिएको उल्लेख छ। साथै बहिष्कार आन्दोलनलाई दुई महिने अभियान बनाई सञ्चालन गर्ने निर्णयसमेत उक्त पार्टीले लिएको जनाएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा भने क्रान्तिकारी माओवादी सहभागी भएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति