जसपामा माओवादी नक्कल

काठमाडौं, १ चैत्र । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले तीन सदस्यीय पार्टी हेडक्वार्टर गठन गरेको छ ।आज बसेको पार्टी केन्द्रीय समिति बैठकले हेडक्वार्टर गठन गरेको हो ।

एक नेताका अनुसार संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई हेडक्वार्टरमा रहनेछन् ।

कार्यकारिणी वा केन्द्रीय समिति बैठक बस्न नसक्ने र तत्काल पार्टीले निर्णय लिनुपर्ने अवस्थामा यो हेडक्वार्टरले आवश्यक निर्णय गर्ने जनाइएको छ ।हेडक्वार्टरले गरेको निर्णयलाई केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समितिले पारित गर्नुपर्ने प्रावधान राखिएको छ ।जसपाको विधान अधिवेशन १ र २ असारमा गर्ने निर्णय पनि भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति