एक सय ८० किलो गाँजासहित तीन पक्राउ

हेटौंडा, २९ फाल्गुन । प्रहरीले मनहरी—७ पुल नजिकै अवैध लागूऔषधको ठूलो परिमाणसहित आज तीन जनालाई पक्राउ गरेको छ ।

राक्सिराङ चैनपुरबाट हेटौंडातर्फ आइरहेको बा ७ च १६०६ नम्बरको पिकअप गाडीलाई रोकेर खोजतलास गर्दा एक सय ८० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले गाँजा, पिकअपका चालक मकवानपुर हेटौडा उपमहानगरपालिका-१६ बस्ने वर्ष २९ को बुद्धिमान बाइबा, पिकअप गाडीमा सवार वर्ष २९ को अर्जुन स्याङ्तान र वर्ष ३० को विनोद पाख्रिनसहित गाडीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रामकुमार सापकोटाले बताए । १०/१० किलो गाँजा १८ वटा प्लास्टिकमा पोको पारेर पिकअपमा ल्याएका थिए । इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा खटिएको प्रहरी टोली आइतबार बिहानै सवारी साधनहरुको जाँच गर्न मनहरी—चैनपुर सडक खण्डमा बसेका थिए । पिकअपमा रातारात गाँजा लोड गरेर मनहरी बजार हुँदै हैटौंडातर्फ लैजान लागेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति