ओलीकाे आयाेग विरूद्ध १४ सांसदको मुद्दामा सर्वोच्चबाट आदेश पत्र जारी

काठमाडौँ, २९ फाल्गुन । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदको वैधानिकता सम्बन्धी मुद्दामा एकैपटक अन्तिम सुनुवाइ गर्ने भएको छ ।

न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले सो मुद्दाको लिखित जवाफ परिसकेकाे भन्दै अन्तिम सुनुवाइका लागि आदेश दिएको हो । ‘अन्तरिम आदेशको माग भएपछि मुद्दाको सबै अंग पुगेकाले अन्तिम फैसला हुने गरी सर्वोच्चले आदेश जारी गरेको छ,’ अदालतले आदेशमा लेखेकाे छ । आदेशअनुसार आगामी चैत २० गते पूर्ण सुनुवाइ हुनेछ । अदालतले नेपालसहित १४ सांसदलाई माथि पार्टी गरेको कारबाही सभामुख अग्नीप्रसाद सापकोटाले कार्यान्वयन नगरेको, पार्टी विभाजनका लागि झलनाथ खनालसहितका नेताहरुले गरेको सनाखतलाई मान्यता नदिन र लुम्बिनीका सांसदहरु विमला खत्री वली र अजय शाहीमाथि गरेको कारबाहीअनुसार सूचना टाँस गरिनुपर्ने लगायतका विषयको मुद्दा एकै ठाउँमा हेर्दैछ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले रिट दायर गरेका थिए । नेपालसहिका १४ सांसदमाथि पार्टीले गरेको कारबाही कार्यान्वयन नभएको भन्दै एमाले विगत ६ महिनादेखि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति