काठमाडाै, २९ फागुन । जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय समिति बैठक शुरु भएको छ । काठमाडौंमा आजबाट शुरु भएको पार्टीको केन्द्रिय समिति बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागिता कसरी हुन्छ भन्ने बारेमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए ।
उनले बैठकमा स्थानीय निर्वाचन निर्देशिका प्रश्तुत गरिने र त्यसलाई छलफल गरेर पारित गर्ने बताएका छन् । प्रचार विभाग प्रमुख खतिवडाले बैठकमा पार्टीका आन्तरिक संगठनात्मक कुराहरुको बारेमा पनि छलफल हुने बताए । प्रचार विभाग प्रमुख खतिवडाले भन्नुभयो, ‘आजको बैठकमा केही स्पेसीफिक एजेण्डाहरुमा आधारित भएर छलफल गर्नेछौँ । यो बैठक भोलिसम्म चल्नेछ । यसका मुख्य ४ वटा एजेण्डाहरु छन् । पहिलो एजेण्डा भनेको आसन्न स्थानीय निर्वाचनमा पार्टीले कसरी भाग लिन्छ भन्ने बारेमा स्थानीय निर्वाचन निर्देशिका हलमा नवराज सुवेदीद्वारा प्रस्तुत भइरहेको छ । यसलाई हामी छलफल गरेर पारित गर्नेछौँ । दोस्रो एजेण्डा भनेको हाम्रो पार्टीको आन्तरिक संगठनात्मक जीवनसँग सम्बन्धित केही संगठनात्मक प्रश्तावहरु हुनेछन् । तेस्रो भनेको देशको राजनीतिक, समसामयिक परिस्थितिबारे हामी एउटा प्रश्ताव पारित गर्नेछौँ ।’ प्रचार विभाग प्रमुख खतिवडाले दुई दिनसम्म चल्ने केन्द्रिय समितिको बैठकमा देशको राजनीतिक र समसामयिक विषयमा पनि छलफल हुने बताए ।
प्रतिक्रिया