काठमाडौं, २९ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन् ।
बिराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो खुट्टामा उभिने पहिलो प्राथमिकता भएको बताए ।गठबन्धन गर्दा सरकारमा भएका दलहरुसँग सहकार्य गर्ने भन्दै उनले भने, ‘अहिले तत्काल एमालेसँग सहकार्यको सम्भावना देखेको छैन ।
राष्ट्रिय स्वाधिनताको विषयमा समझदारी हुनसक्छ कि भनेर छलफल गर्न नगएको होइन । तर अहंकार, निषेध बाहेक केही छैन । त्यसकारण एमालेसँग तत्काल सहकार्य हुन सक्दैन ।’
प्रतिक्रिया