रुस–युक्रेनको युद्धमा सबैको ध्यान केन्द्रीत भएको बेला नेपालको भूराजनीतिक संवेदनशीलताप्रति गम्भिर हुनुपर्छ – परराष्ट्रविद् रमेशनाथ पाण्डे

काठमाडौं, २८ फागुन । रुस–युक्रेनबीचको युद्धको असर नेपालमा पनि पर्नेप्रति गम्भिर हुनुपर्ने परराष्ट्रविद् रमेशनाथ पाण्डेले बताएका छन् । एबीसी टेलिभिजनसँगको आउटलूक कार्यक्रममा उनले विश्वका ठूला राष्ट्रहरु रुल बेस्डभन्दा पनि शक्तिका आधारित राज्य सञ्चालनको प्रक्रिया अघि बढ्दै गएको बताउदै उनले यस्तो बताएका हुन ।

विश्वस्तरमा रुस–युक्रेनको युद्धले सबैको ध्यान गम्भिर रुपमा केन्द्रीत भएको बेला नेपालको भूराजनीतिक संवेदनशीलताप्रति पनि गम्भिर हुनुपर्ने उनले बताए ।

रुस–युक्रेनीचको युद्ध तत्कालै समाधान नहुने चिन्ता व्यक्त गर्दै उनले यसको असर अरु देशमा पनि पर्दै जाने बताए । रुस, अमेरिका र इण्डिया हुदै यो नेपालमा पनि सर्छ, उनले बताए । यसले वैचारिक संकट विश्वस्तरमा पैदा गर्ने समेत उनको भनाई छ ।परराष्ट्रविद् पाण्डेसँगको पूर्ण अन्तरवार्ता आज राती ९ः०० बजे एबीसी टेलिभिजनमार्फत प्रसारण हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति