राष्ट्रिय योगासन प्रतियोगिता २०७८ सम्पन्न

काठमाडौ,२८ फागुन । काठमाडौंको मण्डिखाटारमा सुरु गरिएको राष्ट्रिय योगासन प्रतियोगिता २०७८ सम्पन्न भएको छ । योगलाई आसनको माध्यमबाट जागरण गराउने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । प्रतियोगितामा विभिन्न उमेर समुहका खेलाडीहरुको सहभागिता रहेको थियो ।

युवा नेपाल समितिद्धारा आयोजित उक्त प्रतियोगितामा ७ वटै प्रदेशबाट छनौट भएका ९७ खेलाडीहरुले प्रतिस्पर्धा गरेको युवा नेपाल समिती, बागमति प्रदेशका जिल्ला प्रभारी केदारनाथ बस्ताकोटीले जानकारी दिए । प्रतियोगितामा विभिन्न एड्भान्स आसनहरु प्रस्तुत गरिएको थियो ।

समुह ए अन्तर्गत पद्माशसना, भुनमनाशना, तितिभाशना, हलाशना पर्शोतानाशन, अर्धवद पश्चिमोत्ताशन लगायत, समुह बी मा पुर्ण धनुराशना, पुर्ण भुजंगाशना,पुर्ण उष्ट्राशना, चक्राशना, मत्स्याशना, समुह सीमा पद्मा सर्वांगाशन, पदुमा मयुराशना, नटराजआशन, शिर्षाशन, बक्राशन लगायतका एड्भान्स आसनहरु प्रस्तुत गरिएको थियो । प्रतियोगितामा प्रथम २१ हजार , द्धितीय ११ हजार र तृतीय पुरस्कार ५ हजार १ सय रुपैया प्रदान गरिएको युवा नेपाल समितीले जनाएको छ । पतंजलि योगपीठ नेपाल महिला पतंजली योग समिति नेपाल, पतंजली योग समिती नेपालको संयुक्त आयोजनामा प्रतियोगिता संचालन गरिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति