युक्रेनमा रुससँग युद्ध लड्दैनौँ : बाइडेन

काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनले रुससँग युद्ध लड्न युक्रेनमा सेना नपठाउने बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सँग रुसी आक्रमण बढिरहेको भन्दै सहयोग मागेका बेला बाइडेनको यस्तो भनाइ आएको हो ।

नेटो क्षेत्रको हरेक इन्च जमिन रक्षा गर्न आफूहरू तयार भए पनि युक्रेनमा रुसविरुद्ध युद्ध नलड्ने बाइडेनले बताएका छन् । शनिबार बाइडेनले ट्विट गर्दै भनेका छन्, हामी एक संयुक्त र सशक्त नेटोको पूरा तागतका साथ नेटो क्षेत्रको हरेक इन्चको रक्षा गर्छौँ । त हामी युक्रेनमा रुसविरुद्ध युद्ध लड्ने छैनौँ ।

बाइडेनले रुस र नेटोबीचको सिधा टकराव तेस्रो विश्वयुद्ध हुने पनि बताएका छन् । उनले भनेका छन्, रुस र नेटोबीचको सिधा टकराव भनेको तेस्रो विश्वयुद्ध हो जसलाई रोक्न हामीले प्रयास गर्नुपर्छ ।फेब्रुअरी २४ देखि रुसले युक्रेनमा लगातार आक्रमण गरिरहेको छ । यसबीचमा विदेशमन्त्रीस्तरीय वार्ता भए पनि युद्धविरामको प्रयास विफल भएको छ । यसबीच अमेरिकालगायत पश्चिमा मुलुकहरूले रुसमाथि आर्थिक प्रतिबन्ध बढाउँदै गएका छन् ।

रुस र बेलायतले रुसी तेलको आयातमा प्रतिबन्ध लगाएका छन् । शुक्रबार मात्रै बाइडेनले रुसी मदिरा, सिफुड र हिरामाथि प्रतिबन्धको घोषणा गरेका थिए । त्यस्तै अमेरिकाले रुसका ठूला व्यापारीमाथि पनि प्रतिबन्ध लगाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board