मोरङ र झापा बढी मतदाताकाे अग्रपङ्तीमा त्यसपछी काठमाडाैँ

काठमाडौं, २७ फागुन । निर्वाचन आयोगका तथ्याङ्क अनुसार वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मोरङ, झापा र काठमाडौं सबैभन्दा बढी मतदाता भएका जिल्ला रहेका छन् ।

मोरङमा ७ लाख १७ हजार ६७ जना मतदाता रहेका छन् । मोरङपछि झापामा ६ लाख ५० हजार २५८ र काठमाडौंमा ६ लाख ४० हजार ५८ जना मतदाता रहेका छन् । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली अध्यावधिक गरेको छ । र सोही विवरण शुक्रबार विभिन्न राजनीतिक दलका नेताहरूसँगको छलफलमा आयोगले प्रस्तुत गरेको छ । प्रस्तुत विवरणले मोरङ र झापामा काठमाडौंमा भन्दा बढी मतदाता रहेको देखाएको हो । स्थानीय तह केन्द्रीत मतदाताको संख्याको हिसावले भने काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी मतदाता रहेका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं महागरपालिकामा ३ लाख ६८७ मतदाता रहेका छन् । काठमाडौंपछि कास्कीको पोखरा महागरपालिकामा २ लाख ८ हजार ७० मतदाता रहेका छन् । पोखरापछि सबैभन्दा धेरै मतदाता रहेको पालिका हो, चितवनको भरतपुर महानगरपालिका । भरतपुर महानगरपालिकामा १ लाख ८६ हजार ६६९ मतदाता रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति