काठमाण्डौ, २७ फागुन । राजस्व अनुसन्धान विभागले आज शुक्रवार उच्च अदालत पाटनमा बोटलर्स नेपालविरुद्ध सात अर्ब ४३ करोड रुपैयाँभन्दा धेरै बिगो दाबी गर्दै पुँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको छ ।
सरकारले बोटलर्सविरुद्ध सात अर्ब ४३ करोड ६३ लाख आठ सय २२ रुपैयाँ बराबरको कर तथा बिगो दाबी मुद्दा दायर गरेको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए । बोटलर्स नेपालविरुद्ध पुँजीगत लाभकर छलीमा विभागले अनुसन्धान गर्दै आएको थियो । बोटलर्स नेपाल लिमिटेडको आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा पुँजीगत लाभ कर छलेको आरोप छ । बोटलर्स नेपालसहित १७ जना प्रतिवादी बनाएर राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।
प्रतिक्रिया