२०७९ सालमा दिइने बिदाको विवरण सार्वजनिक, दशैँ बिदा बढ्याे

काठमाण्डौ, २७ फागुन । नेपाल सरकारले २०७९ सालमा दिइने बिदाको विवरण सार्वजनिक गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना निकालेर सार्वजनिक पर्व एवम् सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ ।

आउँदो वर्षदेखि दशैँ बिदा लम्बिएको छ । पहिले फूलपातीदेखि एकादशीको दिनसम्म मात्रै बिदा हुने गरेकोमा आउँदो वर्षदेखि द्वादशीको दिनसम्मै बिदा दिने सरकारले निर्णय गरेको हो। यसअनुसार असोज १६ देखि २१ गतेसम्म दशैँ बिदा हुने भएको छ ।
यस्तै कात्तिक ७ देखि १० गतेसम्म तिहार बिदा हुनेछ । सरकारले आउँदो वर्ष क्रिसमस, धान्नेपूर्णे, मोहम्मद जयन्ती, तमु र सोनाम ल्होसार र मुस्लिम समुदायको चाडमा पनि बिदा दिने निर्णय भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति