निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक सुरु

काठमाडौं, २७ फागुन ।  स्थानीय तहको निर्वाचन सम्बन्धी छलफलका लागि निर्वाचन आयोगले आह्वान गरेको सर्वदलीय बैठक आयोग कार्यालयमा सुरु भएको छ । आयोगले बोलाएको बैठकमा राष्ट्रिय र अन्य साना दल सहभागी छन् ।बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने छ। आयोगले छाप्ने हरियो रङको मतपत्रबारे प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रश्न उठाएकाले यसबारे पनि छलफल हुनेछ । यद्यपि आयोगले यसअघि नै प्राविधिक सहजताका लागि हरियो मतपत्र छाप्ने निर्णय गरेको स्पष्ट पारिसकेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति