रुकुमपूर्वको जंगलमा भेटिए एक दर्जन बढी सकेट बम

दाङ,२७ फागुन । रुकुम पूर्वको एक जंगलमा एक दर्जन बढी सकेट बम फेला परेका छन् ।सिस्ने गाउँपालिका–२ बुर्किसल्लाको जंगलमा सकेट बम फेला परेको वडाध्यक्ष जीवन केसीले जानकारी दिए ।

बिहीबार दिउँसो ओढारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेपछि स्थानीयले वडा कार्यालयलाई जानकारी गराएका थिए ।

त्यसपछि वडा कार्यालयले प्रहरीलाई खबर गरेको थियो ।जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले कालो प्लाष्टिकको ड्रमभित्र एक दर्जन बढी सकेट बमजस्तो देखिने वस्तु फेला परेको बताए । सो क्षेत्रमा माओवादीको प्रभाव पर्ने भएकाले ती वस्तु द्वन्द्वकालमा लुकाएर राखिएका बम नै हुन सक्ने प्रहरीले जनाएको छ । शंकास्पद वस्तु निष्कृय पार्न नेपाली सेनाको टोली पनि घटनास्थलमा पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति