बार चुनावमा सत्ता गठबन्धनमा मिल्यो भागबण्डा : अध्यक्षसहित कांग्रेसलाई १५, बाँकी तीन दललाई १० सिट

काठमाडौं, २७ फागुन । आगामी चैत १९ गते हुने नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्तानिकट कानुन व्यवसायीबीच गठबन्धन भएको छ। उम्मेदवारी दर्ता गर्दासम्म पनि मिल्न नसकेका कानुन व्यवसायीले बुधबार रातिसम्ममा भागबण्डामा सहमति जुटाएका छन्।सत्ता साझेदारबीच सहमति जुटेसँगै एमाले नेपाल बारको चुनावमा पनि एक्लिएको हो। यसअघि अन्य पेसागत संगठनमा पनि एमालेलाई एक्ल्याउँदै सत्ता गठबन्धनले साझा उम्मेदवार तय गरेका थिए।

नेपाली कांग्रेसनिकट लोकतान्त्रिक कानुन व्यवसायी संघको नेतृत्वमा सत्तानिकट कानुन व्यवसायी निर्वाचनमा जाने भएका छन्। २५ सदस्यीय कार्य समितिमा कांग्रेस निकटले अध्यक्षसहित १५ जना पाएका छन्। माओवादीलाई महासचिवसहित ५, नेकपा (एकीकृत समाजवादी) लाई उपाध्यक्षसहित ४ र जसपालाई एक जना उपाध्यक्ष दिने सहमति भएको हो। २६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा ८ र महासचिवमा ६ जनाको उम्मेदवारी परेको छ। एमालेनिकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन एक्लै चुनावमा जाने भएको हो। दुवै समूहबाट स्वतन्त्र उम्मेदवार पनि छन्। सत्ता गठबन्धनले संयुक्त प्यानल बनाएपछि यो समूह मजबुत बनेको छ। यसअघिको चुनावमा कांग्रेस एक्लै चुनाव लडेको थियो। महासचिवमा कांग्रेसका उम्मेदवार लिलामणि पौडेल ४ सय बढी मतान्तरले निर्वाचित हुँदा अध्यक्षमा सुनील पोख्रेल १४९ मतले पराजित भएका थिए।

नेपाल बारको निर्वाचनमा देशभरका ९ हजार ६ सय कानुन व्यवसायीले मतदान गर्नेछन्।

सत्ता गठबन्धन र विपक्षी दल एमालेले प्यानल बनाएपछि अन्य कानुन व्यवसायीले पनि छुट्टै उम्मेदवारी दिएका छन्। राजावादी कानुन व्यवसायीले केहीमा र अन्य साना दलनिकट कानुन व्यवसायीले पनि केही पदमा उम्मेदवारी दिएका छन्।

यस्तो छ गठबन्धनबीचको भागबण्डा

कांग्रेस
अध्यक्ष–गोपालकृष्ण घिमिरे
प्रदेश नम्बर १ उपाध्यक्ष– सुरज खत्री
मधेश प्रदेश उपाध्यक्ष– सुधीरकुमार कर्ण
गण्डकी प्रदेश उपाध्यक्ष– वीरेन्द्र केसी
कर्णाली प्रदेश उपाध्यक्ष– उत्तमप्रसाद आचार्य
कोषाध्यक्ष– भरतबहादुर राउत

सदस्य
दलित– विनिता नेपाली
मधेशीरमुस्लिम उपत्यकाबाहिर– किरणकुमारी साह
मधेशीरमुस्लिम खुल्ला– नरेशकुमार साह
आदिवासी जनजाति उपत्यकाबाहिर– नारायणदास राई
महिला खुला– शर्मिला थापा विष्ट
सदस्य खुला– भरतकुमार लकाइ
सदस्य खुला– देवीप्रसाद कोइराला
सदस्य खुला– निर्भयराज पौडेल
सदस्य खुला– सन्तोष तिवारी
सदस्य खुला– नवराज पाण्डे

माओवादी केन्द्र
लुम्बिनी प्रदेश उपाध्यक्ष– पशुपति भण्डारी
सूदुरपश्चिम प्रदेश उपाध्यक्ष– तुलाराम गिरी
महासचिव– अन्जिता खनाल
आदिवासी जनजाति सदस्य खुला– रुपबहादुर सारु
सदस्य खुला– सन्तोषकुमार राउत

नेकपा (एकीकृत समाजवादी)
बागमती प्रदेश उपाध्यक्ष– हर्कबहादुर रावल
महिला सदस्य उपत्यकाबाहिर– सीता पौड्याल
सदस्य उपत्यकाबाहिर– जितेन्द्रबहादुर मडै
सदस्य खुला– गुणराज आचार्य

जसपा
महिला उपाध्यक्ष– आशा राई

यस्तो छ एमालेको एकल प्यानल
सत्ता गठबन्धनसँग भिड्न एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यावसायी संगठनले पनि उम्मेदवारी घोषणा गरेको छ। तर सत्ता गठबन्धनमा जस्तै यो समूहबाट पनि टिममा नपरेपछि केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

एमालेले अध्यक्षमा वरिष्ट अधिवक्ता विष्णुमणि अधिकारीलाई अघि सारेको छ।

उपाध्यक्षहरु
प्रदेश १– रोहितकुमार डाँगी
मधेश प्रदेश– केशवप्रसाद दास
बागमती प्रदेश– डिल्लीराम मैनाली
गण्डकी प्रदेश– भूपेन्द्र खनाल
लुम्बिनी प्रदेश– वासुदेव ज्ञवाली
कर्णाली प्रदेश– विष्णुप्रसाद तिमिल्सिना
सुदूरपश्चिम प्रदेश– चंखबहादुर सावद
महिला उपाध्यक्ष– रमा श्रेष्ठ
महासचिव– केदार प्रसाद कोइराला
कोषाध्यक्ष– जगतबहादुर कार्की

सदस्य
दलित– कुन्जनी परियार
उपत्यकाबाहिर मधेसीरमुस्लिम– नरसिंह चौधरी थारु
मधेसीरमुस्लिम खुला– सुवासचन्द्र झा
आदिवासीरजनजाति उपत्यकाबाहिर– शशीकुमारी श्रेष्ठ
आदिवासीरजनजाति खुला– दिलकुमारी राई
महिला उपत्यकाबाहिर– इन्दिरा आचार्य
महिला खुला– मनिका खड्का
सदस्य उपत्यकाबाहिर – गणेशबहादुर ओली

खुला सदस्य
कुबेर घिमिरे
ताराकुमार श्रेष्ठ
युवककुमार गौतम
अर्जुन खड्का
अनिलकुमार श्रेष्ठ
हरिप्रसाद पंगेनी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति