नेकपा समाजवादीले सबै शक्ति स्थानीय निर्वाचनमा केन्द्रीत गर्ने

काठमाडौं, २६ फागुन । नेकपा एकीकृत समाजवादीको तेस्रो केन्द्रीय कमिटी बैठक सकिएको छ । दुई दिनदेखि जारी केन्द्रीय समितिको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रीत गर्नेगरी कार्ययोजना पारित गरेको छ । साथै केही समसामयिक प्रस्ताव समेत बैठकले पारित गरेको छ ।

त्यस्तै अध्यक्ष माधवकुमार नेपालले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । अध्यक्ष नेपालको प्रतिवेदनमाथि नाैँ समूह बनाएर छलफल गरिएको थियो । बैठकबाट १४ बुँदे समसामयिक प्रस्तावसमेत पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले एमसीसीका बारेमा आएका विचार र धारणालाई समेत पार्टीको सम्पत्तिका रुपमा राख्दै आवश्यक पर्दा छलफल गर्न सकिने निर्णय गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति