एप्पलले ल्यायो ५जी सहितको आईफोन सस्तो मूल्यमा

काठमाडौँ, २५ फागुन । अमेरिकी प्रविधि कम्पनी एप्पलले मंगलबार आईफोन एसई ३ – ५ जी सेवा सहितको मोडल सस्तो मूल्यमा सार्वजनिक गरेको छ ।

यो आईफोन सन् २०२० मा सार्वजनिक भएको आईफोन एसईको अपग्रेड भर्सन हो । एप्पलले अहिले ल्याएको नयाँ आईफोनमा ए १५ बायोनिक चिपसेटको पनि प्रयोग गरिएको छ । आईफोन एसई ५ जीमा ४।७ इन्चको रेटिना एचडी डिस्प्ले प्रयोग गरिएको छ। यो फोन आईओएस १५ मा चल्छ । नयाँ आईफोन आईपी६७ बाट प्रमाणित छ। स्पिड तथा मल्टिटास्किङको लागि यो आईफोनमा ए१५ बायोनिक चिपसेट प्रयोग गरिएको छ। यो प्रोसेसरको प्रयोग कम्पनीले आईफोन १३ सिरिजमा पनि गरिएको थियो। नयाँ आईफोनमा लाइभ टेक्स्ट फिचर पनि समावेश गरिएको छ। यसमा अन्य मोडलमा जस्तै टच आईडी बटन पनि हुनेछ र जसमा सुरक्षाको लागि फिंगरप्रिन्ट सेन्सर पनि हुनेछ। यो आईफोनको मूल्य अमेरिकामा ४२९ डलरबाट सुरु हुनेछ। यो आईफोन ६४, १२८ र २५६ जीबी गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति