नेपाली ढाकाटोपीमा अमिताभ बच्चन

काठमाडौं, २४ फागुन । चर्चित बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो शिर (टाउको) मा नेपाली ढाकाटोपी ढल्काएकाे एक तस्विर सोमवार आफ्नो इन्स्टाग्राममा राखेका छन् । उनले तस्विरसँगै क्याप्सनमा ‘केटीको केटीको’ भनेर उल्लेख गरेका छन् ।

‘कौन बनेगा करोडपति’ नामक टेलिभिजन शोमा नेपालको इतिहासको बारेमा कयौं पटक प्रश्न सोधेका अमिताभले आफ्नो शिरमा नेपाली ढाकाटोपी लगाएको भने सम्भवतः पहिलो पटक हो । उक्त तस्बीर सुरज बर्ज्यात्याकाे उचाई चलचित्रकाे एक गीतका छायांकनकाे रहेकाे छ ।

फिल्मी करिअरको उत्कर्षमा रहँदा अमिताभ नेपाल समेत आएका थिए । उनी अभिनीत फिल्म ‘महान’को केही प्रतिशत छायांकन नेपालमा भएको थियो । दरबार स्क्वायर क्षेत्रमा छायांकन भएको फिल्मको ‘प्यार में दिल पें’ गीत अझै पनि चर्चित छ । गीतमा अमिताभ बच्चन र जीनत अमानले एकसाथ नृत्य गरेका थिए । त्यसयता भने अमिताभको नेपाल आउने संयोग जुर्न सकेको छैन । गत असोजमा नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइँ’को लागि अमिताभ पनि नेपाल आउने चर्चा थियो । तर, फिल्मको छायांकन हिमाली क्षेत्र (चिसो ठाउँ) मा हुने भएपछि स्वास्थ्यका कारण उनी नेपाल आएनन् । नेपालमा उनको भागको सिनमा नेपाली कलाकारलाई डमीको रुपमा प्रयोग गरिएको छ । अमिताभले नेपाललाई सुन्दर देशको रुपमा व्याख्या गर्दै आएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board