दक्षिण कोरियाद्वारा रुसी बैंकसँगको कारोबारमा प्रतिबन्ध

सियोल (दक्षिण कोरियो), २४ फागुन । कोरियाली सरकारले रुसको केन्द्रीय बैंकसँगको लेनदेन निलम्बन सहित रूस विरुद्ध थप प्रतिबन्धहरू लगाएको छ । परराष्ट्र मन्त्रालयले सोमबार जनाएअनुसार रुस विरुद्धको प्रतिबन्ध मार्च १ देखि लागू भएपछि, कोरियाले अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै रुसी केन्द्रीय बैंकसँगको कारोबारमा प्रतिबन्ध लगाउने जस्ता थप निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयले हामी सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरेर रुस विरुद्ध थप प्रतिबन्धहरू सम्बन्धी विवरणहरू घोषणा गर्नेछौं भन्ने उल्लेख गरेको छ । मन्त्रालयले उक्त निर्णय अमेरिकालगायत सम्बन्धित देशलाई पनि जानकारी गराउने योजना बनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति