काठमाडौं, २३ फागुन । जब सेन्टरको नाममा ठगी गर्ने गिरोहका ९ जनालाई महानगरीय प्रहरी अपराध महाशशाखाको टोलीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
जागिर लगाइदिने बहानामा प्रतिव्यक्ति ६ हजार रुपैयाँसम्म ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा छत्रदेव–६ अर्घाखाँचीका २६ वर्षीय अमर पाण्डे, ३२ वर्षीय तिलकराम पाण्डे र दूधपोखरी–२ लमजुङका २२ वर्षीय आनन्द मरहठ्ठा छन् ।
त्यस्तै, सिरहा(१९ का २३ वर्षीय विवेक यादव, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-३ का २८ वर्षीय अश्विन राई, सिन्धुलीको फिक्कल(२ का २२ वर्षीय घनश्याम पहाडी छन् । साथै चन्द्रपुर नगरपालिका–४ रौतहटका २५ वर्षीया सृजना लामिछाने, विराटनगर–४ की ४० वर्षीया ज्ञानु न्यौपाने र रौतहट जिल्ला मौलापुर–५ का २२ वर्षीय रामबचनकुमार यादव छन् ।उनीहरूले जागिर मिल्छ भन्दै फारम शुल्कबापत ५०० रुपैयाँसम्म लिने र जब वारेन्टी शुल्कको नाममा ६ हजार रुपैयाँम्म लिने गरेको पाइएको प्रहरीले जनाएको छ ।
साथै, जागिरको लागि फारम भरेकालाई सर्त बमोजिमको काममा नलगाउने तथा एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पुर्याएर पुन शुल्क असुल्ने काम उनीहरूले गरेका प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया