काठमाडाै, २३ फागुन । साताको दोस्राे दिन कारोबारमा नेप्सेमा सामान्य वृद्धि भएको छ । पछिल्लो दुई साता देखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक सोमबार १.५५ अंकले बढेर २ हजार ५४४.९३ बिन्दुमा पुगेको छ ।
त्यस्तै सेन्सेटिभ इण्डेक्स २.४१ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३३ अंक र फ्लोट इण्डेक्स ०.२५ अंकले घटेको छ । सोमबार कारोबारमा आएका २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता सेयर २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०२ रुपैयाँको सेयर किनबेच भएको छ । नेप्सेका १३ उपसमूह मध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा बैंकिङ उपसमूहको ६.४०, होटल तथा टुरिजम १४.१८, उत्पादन तथा प्रशोधन ८७.६३, निर्जीबन बीमा ९.८८, अन्य समूहको उपसूचक ३५.५० अंकले बढेको छ । यस्तै माइक्रोफाइनान्स ४.५७, ट्रेडिङ १५.७४, जीवन बीमा १५०.३२, जलविद्युत ३१.९९, वित्त २८.२४, विकास बैंक समूहको उपसूचक २१.४६ अंकले घटेको छ । आजको कारोबारमा बुद्धभुमी नेपाल हाईड्रोपावर, बोटलर्स नेपाल (तराई), सामुदायिक लघुवित्त वित्तीय संस्था, इमर्जिङ नेपाल कम्पनीको शेयर मूल्य बढेको छ भने पाँचथर पावर कम्पनी, पन्चकन्या माई हाईड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा गिरावट आएको छ ।
प्रतिक्रिया