२४ घण्टामा ६८ जनामा कोरोना सङ्क्रमण, ५ सय ३८ जना निको

काठमाडौं, फागुन २२ । पछिल्लो २४ घण्टामा नेपालमा ६८ जनामा कोभिड–१९ ९कोरोना भाइरस० सङ्क्रमण पुष्टि भएको छ ।पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय २९ जनाको नमुना परीक्षण गर्दा ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच सय ३८ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले नेपालमा ६ हजार चार सय ६१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा ८८ हजार पाँच सय ६६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board