राष्ट्रपति भवन शीतलनिवासमा एकसाथ प्रधानमन्त्री र प्रधानसेनापति

 काठमाडौं, २२ फागुन ।   शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँगै भेटवार्ता गर्नेमा अरु मन्त्री पनि थपिएका छन् ।

दिउँसो २ बजेको हाराहारीमा शीतल निवास छिर्नुभएका प्रधानमन्त्री र प्रधानसेनापतिसँगै गृहमन्त्री बालकृष्ण खाँण र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत थिए ।उनीहरु झण्डै एक घण्टाको भेटवार्तापछि अहिले शीतल निवासबाट बाहिरिएका छने । राष्ट्रपतिसँग प्रधानमन्त्री, प्रधानसेनापतिका साथै गृहमन्त्री र सञ्चारमन्त्रीको टोलीले एकै साथ भेट गर्नुलाई राजनीतिक रुपमा केही गम्भीर कुरा पाक्दै गरेको अनुमान लगाइएको छ

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति