नेप्से सामान्य घट्यो, कारोबार रकम साढे २ अर्ब

काठमाण्डौ, २२ फागुन । सप्ताहको पहिलो दिन नेप्से सामान्य घटेको छ । नेप्से आज तीन दशमलव ६६ अङ्कले घटेर दुई हजार पाँच सय ४३ दशमलव ३९ विन्दुमा झरेको छ ।

आज बैंकिङ, होटल, विकास बैंक र अन्य समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । आज दुई सय ३० वटा कम्पनीका ५१ लाख ३९ हजार कित्ता शेयर दुई अर्ब ४९ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १५ करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो । आज शिवम् सिमेन्टको शेयर मूल्य सात प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै रिलायन्स लाइफ इन्सोरेन्स कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर झन्डै आठ प्रतिशतले बढेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति