प्रतिनिधिसभाको आइतबारको बैठकले महाभियोग प्रस्ताव सिफारिस समिति गठन गर्ने


काठमाडौं, २२ फागुन । प्रतिनिधिसभाको आइतबारको बैठकले प्रधानन्यायाधीशविरुद्ध परेको महाभियोग प्रस्ताव सिफारिस समिति गठन गर्ने भएको छ । समिति ११ सदस्यीय हुनेछ ।

बानेश्वरमा आइतबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा महाभियोग सिफारिस समिति बनाउन दलहरु सहमत भएका हुन् ।दलहरुसँग नाम लिने र दलहरुको सिफारिसबाट आएको नाम समितिमा राख्ने । यो समितिले छुट्टै कार्यविधि बनाउने छ । त्यसका आधारमा ३ महिनाभित्र समितिले प्रतिवेदन बुझाउनुपर्ने हुन्छ संसद् सचिवालय प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध फागुन १ महाभियोग प्रस्ताव दर्ता भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति