माओवादी केन्द्रको बैठकको समय सर्‍यो

काठमाडौं, २२ फागुन। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकको समय सरेको छ। आइतबार बिहान ११ बजे तय गरिएको बैठक दिउँसो २ बजेदेखि बस्ने केन्द्रीय सदस्य रापप्रसाद सापकोटा ‘दिपशीखा’ले जानकारी दिए । बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्नेछ। पहिलो दिनको बैठक राष्ट्रिय सभागृहमा बसेको थियो।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले समसायिक राजनीतिका विषयमा शुक्रबार बोलेका थिए । माओवादी केन्द्रको दोस्रो केन्द्रीय कमिटी बैठकले केन्द्रीय समितिलाई पूर्णता दिने र पदाधिकारी चयन गर्ने बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति