ढुंगेधाराको तरकारी बजारमा आगलागी ६० बढी टहरा पसलमा क्षति

काठमाडौँ , २२ फागुन । ढुंगेधारा चोक नजिकै रहेको तरकारी बजारमा आगलागी भएको छ । गएराती साढे १२ बजे लागेको आगलागीबाट ६० देखि ७० वटा पसलमा क्षति भएको प्रहरीले जनाएको छ ।महानगरी प्रहरी वृत्त बालाजुले गएराती आगो लागेको केही घण्टामा चार वटा दमकलले आगो नियन्त्रणमा लिएको जनाएको छ । आगलागीको कारण भने खुलेको छैन ।अहिले घटनास्थलमा रहेको प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति