युक्रेनका दुई शहरमा रुसले गर्‍यो युद्धविराम

काठमाडौं, २१ फागुन । युक्रेनमाथि रुसी आक्रमण सुरु भएको दशौं दिन रसियाको रक्षा मन्त्रालयले युक्रेनको दुई शहरमा युद्धविराम घोषणा गरेको छ ।

दक्षिण पूर्वी शहर मरियुपुल र भोल्नोभाखामा शनिबार विहानदेखि अस्थायी युद्धविराम घोषणा भएको बीबीसीले जनाएको छ ।रुसी रक्षा मन्त्रालयले मानवीय सहयोगका लागि युद्धविराम गरेको जनाएको छ । युद्धविरामको समयमा मानिसहरु शहर छोडेर जान सक्ने उसले जनाएको छ ।बन्दरगाह नजिकैको शहर मरियुपुलमा रसियाले धेरै दिनदेखि आक्रमण जारी राखेको थियो । त्यस्तै भोल्नोभाखामा पनि युद्ध चर्किएको थियो । दुई शहरमा युद्धबिराम भएको युक्रेन पक्षले पनि पुष्टि गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति