पाकिस्तानको एक मस्जिदमा बम विस्फोट, २० जनाको मृत्यु, ५० घाइते

काठमाडौं, २० फागुन ।  पाकिस्तानको पेशावर शहरस्थित एक मस्जिदमा शुक्रवार बम विस्फोट भएको छ । विस्फोटमा परेर २० जनाको मृत्यु भएको छ भने ५० भन्दाबढी व्यक्ति घाइते भएका छन् ।

बीबीसी हिन्दीका अनुसार खिस्सा ख्वानीमा रहेको इमामबारगाह कूचा–ए–रसलदारमा नमाजको लागि तयारी गरिरहेको बेला विस्फोट भएको हो ।

घटनामा घाइते भएकाहरुलाई उपचारको लागि अस्पताल पठाइएको छ भने विस्फोटबारे अनुसन्धान थालिएको बताइएको छ।

पाकिस्तानका गृहमन्त्री शेख राशिद अह्मदले ट्वीटमार्फत घटनाको निन्दा गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति